बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध | Khabarhub Khabarhub

बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी– लगातारको वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध भएका छन् । वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारीसाधन सञ्चालनमा निकै जोखिम हुने गरेको समेत सवारी चालकहरूले बताएका छन् । 

ग्रामीण कच्ची सडकहरू स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा निकै जोखिम बढेको जिपचालक शेरसिंह कार्कीले बताए । उनले भने, ‘वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न निकै समस्या हुने गरेको छ । सडकहरू स्तरोन्नति नहुँदा निकै जोखिम पनि छ ।’

जिल्लाको सतबाँझ–सुर्नया सडकमा स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति कामको सिलसिलामा सडक चौडा पार्ने काम भइरहेको छ । तर वर्षातको समयमा उक्त सडकको ठाउँ ठाउँमा पहिरो खस्दा सवारीसाधन सञ्चालनमा निकै समस्या हुने गरेको चालकहरूले बताएका छन् ।  

जिल्लाको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडकखण्डमा पनि अवस्था उस्तै रही आएको छ । वर्षातको समयमा ठूलो बसहरू सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीले बताएका छन् । 

जिल्लाको सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने ग्रामीण कच्ची सडकमा समेत वर्षातको समयमा सवारीसाधन चलाउन मुस्किल हुने गरेको सवारी चालकहरूले बताएका छन् । 

देहीमाडौँ–गिरेगडा, सिल्लेगडा–कटौजपानी, मेलौली–पञ्चेश्वरलगायत सडकमा वर्षातको समयमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ । यसका साथै  पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनशेरीमाडौँ सडक, देहीमाडौँ–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक पनि वर्षाका कारण अवरुद्ध छन् । 

वर्षातले ग्रामीण सडक ठाउँ ठाउँमा भत्किएकाले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परिरहेको अर्का जिपचालक नरेन्द्र कुँवरले बताए । उनले भने, ‘वर्षाका कारण ग्रामीण सडक हिलाम्मे हुने र पहिरोको समेत डर हुने गरेको छ । जोखिम मोलेर सवारी चलाउनुपर्छ ।’

ग्रामीण कच्ची सडकहरू पूर्ण रूपमा सञ्चालन नहुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन् । जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा असुल्ने गरेका छन् । कच्ची सडकहरूमा वर्षातको समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । 

कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री समेत बोकेर ल्याउनुपर्ने बाध्यता रहेको दोगडाकेदार–१ रिमका हरिस साउँदले बताए । उनले भने, ‘ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री आकस्मिक कामका लागि जानुपरेमा ढुवानीमा समस्या हुने गरेको छ ।’रासस

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : १६ बजे

पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू)

काठमाडौं– पाटनमा सोमबार ‘मतया पर्व’ मनाइएको छ । गाईजात्राको भोलिपल्ट

चिनियाँ गाउँमा विकासको लहर देखेर शिक्षामन्त्री पन्त दंग

काठमाडौं- कुनैबेला चीनको एउटा गाउँको भ्रमण गरेका शिक्षा, विज्ञान तथा

२७ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले घटेको छ

कोशी प्रदेशसभा : विधेयकमा सैद्धान्तिक छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौको