पुराना मुद्दा टुङ्ग्याउँदै सिरहा जिल्ला अदालत | Khabarhub Khabarhub

पुराना मुद्दा टुङ्ग्याउँदै सिरहा जिल्ला अदालत


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा जिल्ला अदालतले आर्थिक वर्ष २०८१-८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गर्दै कुल ६२ दशमलव २३ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ । अदालतद्वारा सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार सो अवधिमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका कुल नौ हजार १९१ मुद्दामध्ये पाँच हजार ७२० मुद्दा फक्र्यो भएका छन्भने तीन हजार ४७१ मुद्दा अझै बाँकी छन् ।

मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीका अनुसार, जिम्मेवारी सरेर आएका चार हजार ११२ मुद्दामध्ये तीन हजार ११० र नयाँ दर्ता भएका चार हजार ९७९ मुद्दामध्ये दुई हजार ४१० फछर्यौट गरिएको हो । उनका अनुसार अघिल्ला आर्थिक वर्ष २०८०-८१ मा अदालतले ५० दशमलव ८६ प्रतिशत र २०७९-८० मा ४८ दशमलव दुई प्रतिशत मुद्दा फछर्यौट गरेको थियो ।

‘वर्षौं पुराना मुद्दा फछर्यौट गर्न सफल भएपछि कार्यप्रगतिमा स्पष्ट सुधार देखिएको छ,’ न्यायाधीश उप्रेतीले भने, ‘काठमाडौँपछि कार्यप्रगतिमा दोस्रो कमजोर स्थानमा रहेको सिरहा अदालतको अवस्था अब उल्लेखनीय रूपमा सुधारिएको छ ।’

उक्त सुधारका पछाडि अदालतका कर्मचारीहरूको लगनशीलता, जिल्ला बारको निरन्तर सहयोग, स्वचालित पेसी प्रणाली, फरक मुद्दा व्यवस्थापन, अभिलेख मिसिल ‘स्क्यानिङ’ र समूहगत कार्यशैली प्रमुख कारण रहेको उनले बताए। 

   जरिवाना र भवनसम्बन्धी समस्या यथावत्

प्रगति विवरणअनुसार, गत वर्ष अदालतले रु १७ करोड ८३ हजार जरिवाना फैसला सुनाएकामा एक १९ लाख ३८ हजार रुपैयाँ मात्र फछर्यौट भएको छ । हाल पनि १५ करोड ८१ लाख रूपैयाँभन्दा बढी जरिवाना असुल गर्न बाँकी छ।

त्यस्तै, अदालतको हालको भवन साँघुरो र मुख्य सडकछेउमा रहेको हुँदा सेवा प्रवाहमा विभिन्न कठिनाइ भइरहेको मुख्य न्यायाधीश उप्रेतीले बताए। सवारी पार्किङको अभाव, होहल्ला र कार्यसम्पादनका लागि आवश्यक स्थानको कमी अदालत सञ्चालनमा बाधक भएको उनको भनाइ छ। 

‘सर्वोच्च अदालतले नयाँ भवनका लागि बजेट दिन तयार भए पनि उपयुक्त जग्गा नहुँदा काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘हामी करिब सात वर्षदेखि कृषि ज्ञान केन्द्रको जग्गा अदालतका लागि प्राप्त गर्ने प्रयासमा छौँ, तर फाइल मुख्यमन्त्री कार्यालयमा अड्किएको छ ।’

उनले सदरमुकाम क्षेत्रमै नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न स्थानीय सरकार र सरोकारवालाहरूलाई पहल गरिदिन आग्रह गरे। 
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ४६ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै