भारतमा विपक्षीको प्रदर्शन : राहुल गान्धी पक्राउ, तृणमूल कांग्रेसकी सांसद बेहोस, अखिलेशले नाघे छेकबार « Khabarhub

भारतमा विपक्षीको प्रदर्शन : राहुल गान्धी पक्राउ, तृणमूल कांग्रेसकी सांसद बेहोस, अखिलेशले नाघे छेकबार


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित अरु विपक्षी नेताहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रियङ्का गान्धी वाड्रा पनि छन् ।

भोट चारी गरेर निर्वाचन आयोगले भारतीय जनता पार्टी भाजपालाई जिताएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनका क्रममा तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा बेहोस भएकी थिइन् ।

विपक्षीको प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको थियो । यद्यपि समाजवादी पार्टीका नेता अखिलेश यादवसहितका केही नेताहरु सडकमा राखिएको छेकबार नाघेर जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

यसअघि गान्धीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउँदै भोट चोरी गरी भाजपाले चुनाव जितेको दाबी गरेका थिए । त्यसपछि विपक्षी दलका नेताहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : ५१ बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन