बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने « Khabarhub

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ । 

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिने भएको हो । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मका लागि रातको समयमा सडकमा सवारी आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बर्सातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरीचौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताए । 

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ । 

बेनी–जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ । 
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ३६ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै