चलचित्र ‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त « Khabarhub

चलचित्र ‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा पात्रको रुपमा परिचित हुनुहुन्छ केदार घिमिरे । प्रदर्शनको तयारीमा रहेको घिमिरे अभिनित चलचित्र ‘माग्ने राजा’ उनको त्यही पात्रको कथाको वृत्तान्त हो ।

अभिनेता तथा हाँस्य कलाकार घिमिरे ‘माग्ने राजा’ चलचित्रमा एउटा सामान्य व्यक्तिले आफूलाई राजा ठानेपछि आउने घटनाक्रमलाई प्रस्तुत गरिएको बताउँछन् । उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक भएपछि प्राप्त प्रतिक्रियापश्चात् कलाकार घिमिरेले यस चलचित्रमा मनोरञ्जनसँगै गहन विषय उठान गरिएको बताउँछन् ।

उनले भने, “चलचित्रका प्रचार सामग्री हेर्दा रमाइलो मात्र लाग्न सक्छ, तर यसमा सन्देशमूलक कथा छ । यसले हामीलाई मनोरञ्जनात्मक शैलीमै केही सिकाउँछ । यो मेरो ‘माग्ने बुढा’ को पात्रलाई प्रस्ट्याउने चलचित्र बनेको छ ।”

उनले चलचित्र आफूमै केन्द्रित रहेको बताए । एउटा सामान्य व्यक्तिले पैसा कमाएपछि आउने उतारचढावलाई कलात्मक रुपमा श्रव्यदृश्यमा प्रस्तुत गरिएको निर्माण पक्षत्रले जनाएको छ । उक्त चलचित्रका लेखक सामीप्यराज तिमल्सेनाले चलचित्रमा ‘माग्ने बुढा’ को चरित्रलाई पूर्ण रुपमा प्रस्तुत गरिएको बताए ।

“यो माग्ने बुढाको जीवनयात्रा हो भन्दा फरक नपर्ला । किनकि यसमा हामीले उहाँको चरित्रलाई केन्द्रित गरेर कथा तयार गरेका छौँ । कलाकार घिमिरेको उपनामलाई प्रस्ट्याउने चलचित्र हो”, उनले भने । अभिनेत्री वर्षा सिवाकोटीले कथावस्तु र निर्माण समूहका कारण आफूले चलचित्रमा काम गरेको बताउनुभयो । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले जीवनकालमा हरेक मानिसले भोग्ने हाँसो र रोदनको मिश्रण ‘माग्ने राजा’ मा रहेको बताए ।

उक्त चलचित्रलाई दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत रहनुभएका कलाकार मुनाल घिमिरेले निर्माण गरेका छन् । चलचित्र तीजको अवसर पारेर आगामी भदौ ६ गतेदेखि प्रदर्शन गरिने वितरक रोहित कट्टेलले जानकारी दिए । रासस

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ३१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार