हाम्रो सेना चीन, पाकिस्तान र अफ्रिकाका भाडाका सैनिकसँग लड्दैछ : जेलेन्स्की « Khabarhub

हाम्रो सेना चीन, पाकिस्तान र अफ्रिकाका भाडाका सैनिकसँग लड्दैछ : जेलेन्स्की


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेना चीन, पाकिस्तान, मध्य एशिया र अफ्रिकी मुलुकका भाडाका सैनिकसँग लडिरहेको बताएका छन् । उत्तरपूर्वमा रहेको द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको भ्रमणपछि उनले रुसले यस्ता भाडाका सैनिक परिचालन गरेको आरोप लगाएका हुन् ।

उनले यसको जवाफ दिने दृढता पनि व्यक्ति गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार उनले आफ्ना सेनाले उत्तरपूर्वी युक्रेनमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र अफ्रिकी देशहरूबाट आएका विदेशी भाडाका सैनिकहरूसँग लडिरहेको बताएका हुन् ।

जेलेन्स्कीले यसअघि पनि रुसले युक्रेनविरुद्धको युद्धमा चिनियाँ लडाकुहरूलाई भर्ती गरेको आरोप लगाएका थिए ।

चीनले यस्तो आरोप अस्वीकार गर्दै आएको छ । रुसले उत्तर कोरियाका हजारौँ सैनिकलाई पनि युक्रेनको कुर्स्क क्षेत्रमा तैनाथ गर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ५७ बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि