जेन-जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद « Khabarhub

जेन-जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफूलाई जेन-जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक मुख्यालय, जङ्गीअड्डा अगाडि आज पनि वादविवाद गर्न थालेका छन्‌ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनेगरी वार्ता सुरु हुन लाग्दा सैनिक मुख्यालयको गेटमा ती समूहहरूले आ-आफूले भनेका व्यक्तिलाई नै अघि सार्नुपर्ने भन्दै वादविवाद गरिरहेका हुन्‌ ।

कार्कीको साटो आफ्ना समूहले अघि सारेको व्यक्तिलाई नै सरकार प्रमुख बनाउनुपर्ने एकोहोरो ढिपी उनीहरूले दोहोर्‍याइरहेका छन्‌ । ती मध्ये अधिकांशले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाम लिएका छन्‌ ।

ती समूहले समाचार सङ्कलन निम्ति पुगेका भारतीय मिडियामाथि पनि आक्रोश पोखेका छन्‌ । गेटमा वादविवाद गरिरहेकाहरूलाई हटाउन सेनाले प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ५० बजे

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ– टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट जित हात

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।