राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघको प्रदर्शन « Khabarhub

राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघको प्रदर्शन


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन् । 

उनीहरूले बिहीबार नयाँ बानेश्वर क्षेत्रमा राष्ट्रपति पौडेलको पछिल्लो स्थिति सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । 

नेविसंघका नेता शिव रिमालको फेसबुक अकाउन्टमा साझा गरिएको प्रदर्शनको भिडियोमा विद्यार्थीहरू संविधानको रक्षा गर्नुपर्ने, सर्वदलीय बैठक आह्वान गरिनुपर्ने लगायतका नारा लगाइरहेको देखिन्छ । 

जेनजी पुस्ताले गत मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित भीडले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आगजनी गरेका थिए।

आन्दोलनकारी शीतलनिवास प्रवेश गरेपछि नेपाली सेनाले आफ्ना परमाधीपति पौडेललाई सुरक्षित स्थानतर्फ लगेको थियो। राष्ट्रपतिलाई सेनाले शिवपुरीमा रहेको आफ्नो ब्यारेकमा राखेको भनिए पनि औपचारिक रूपमा यसबारे केही जानकारी सार्वजनिक गरेको छैन।

त्यस्तै राष्ट्रपति पौडेलको सचिवालयले पनि औपचारिक रूपमा यसबारे मुख खोलेको छैन। सेना र सचिवालयबाट पछिल्लो अवस्थाका बारेमा औपचारिक जानकारी बाहिर नआएपछि सामाजिक सञ्जालमा उनको खोजी भइरहेको छ। उनीहरू लेखिरहेका छन्, ‘ राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर।’

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : २६ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको