असली जेनजीको नेतृत्व फेला पर्न सकेन, दाबी गर्ने थपिँदै गए « Khabarhub

असली जेनजीको नेतृत्व फेला पर्न सकेन, दाबी गर्ने थपिँदै गए


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ गते जेनजी पुस्ताका युवाको नाममा भएको भ्रष्टाचार विरोधी आन्दोलनको असली नेतृत्व को हो भन्ने विषयमा अन्यौलता देखिएको छ । 

अन्तरिम सरकार गठनको संवादका लागि जेनजी नेतृत्वको प्रतिनिधित्वको विषयमा धेरै समूह तथा व्यक्तिबाट दाबी हुन थालेपछि असली नेतृत्व को हो भन्ने विषयमा नै अन्यौलता देखिएको हो ।

२३ गतेको राज्यको दमन र २४ गतेको प्रतिरोधपछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापछि आन्दोलनकारी जेनजी युवा पुस्ताको नेतृत्वमा सरकार गठन गर्न उनीहरूले नै सामाजिक सञ्जालमार्फत माग गरे । सोही बमोजिम नेपाली सेनाले वार्ता गर्न बोलाउँदा जेनजीको असली प्रतिनिधित्वको दाबी गर्नेको संख्या धेरै देखिएको छ ।

अहिलेसम्म विभिन्न दर्जन बढी समूहले आफूहरू नै असली जेन्जी भएको भन्दै दाबी गरिरहेका छन् । उनीहरूले विज्ञप्ति तथा सूचना जस्ता सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफ्ना धारणा राखिरहेका छन् । जुन धारणाहरू एक आपसमा बाझिएको पनि देखिन्छ ।

आधिकारिक प्रतिनिधित्व अभावमा निर्णायक छलफल हुन सकेन

बुधबार नेपाली सेनाले जेनजी आन्दोलनको नेतृत्वलाई वार्तामा बोलाएको थियो । नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलकै सहभागितामा जेनजी आन्दोलनको नेतृत्वको नाममा केही युवा सहभागी भएर वार्ता पनि गरे । वार्तामा सहभागी भएका जेनजी पुस्ताका नेतृत्वले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वको रूपमा प्रस्ताव गरेको विषय बाहिरियो ।

तर, सो लगत्तै बुधबार साँझ युवा पुस्ताको एउटा समूहले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने भनेर सेनाको मुख्यालय अगाडि नै प्रदर्शन गर्‍यो । जुन प्रदर्शन आजसम्म पनि जारी छ ।

साथै, बुधबारदेखि आजसम्म विभिन्न समूहले कसको नेतृत्वमा सरकार हुनुपर्ने भन्दै आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र कुलमान घिसिङ लाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने भनेर जेनजी युवा पुस्ताका छुट्टाछुट्टै समूहले छुट्टाछुट्टै आफ्ना अडान सार्वजनिक गरेका छन् ।

बिहीबार दिउँसो बालेन्द्र साह र हर्क साम्पाङका समर्थकबीच सुन्धारामा कुटाकुट समेत भएको छ । यतिबेला काठमाडौं सुन्धारा क्षेत्रमा केही जनजी नामका समूहले आआफ्ना माग सहित प्रदर्शन गरिरहेका छन् भने रिपोर्टस कल्बमा एउटा समूहले आफूलाई असली जेनजी भन्दै पत्रकार सम्मेलन समेत गरिरहेको छ ।

त्यतिमात्रै नभएर जेनजीहरूले आफ्नो माग अथवा नेपालको राजनीतिमा देखिएको अन्यौलताको निकासको विषयमा समेत स्पष्टरूपमा तय गर्न सकेका छैनन् । कुनै जेनजी समूहले हालको संवैधानिक व्यवस्थाभित्रैबाट समस्याको समाधान हुनुपर्ने तर्क गरेका छन् भने कुनै समूहले संसदको विघटन गरेर नयाँ प्रक्रियामा जानुपर्ने तर्क गरेका छन् ।

जेनजीहरूबीचमा भएको विभाजित परिदृश्यलाई देखेर दुर्गा प्रसाईँ लगायतका केही व्यक्तिहरूले पनि राजनीतिक अवसर प्राप्तिको पहलकदमीको लागि प्रयास गर्न खोजेको देखिन्छ । जसले गर्दा सरकारविहीन भैसकेको अवस्थामा राज्य अन्यौलतातर्फ जाने त होइन भन्ने थप आशङ्का पैदा गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : ०१ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा