‘लोकतन्त्रका लागि खतरा’ : ट्रम्पका सहयोगी चार्ली कर्कको हत्या प्रकरणमा कसले के भने ? « Khabarhub

‘लोकतन्त्रका लागि खतरा’ : ट्रम्पका सहयोगी चार्ली कर्कको हत्या प्रकरणमा कसले के भने ?


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी दक्षिणपन्थी कार्यकर्ता तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी चार्ली कर्कको राजनीतिक हत्यापछि विश्व नेताहरूले राजनीतिक रूपमा प्रेरित हिंसाको खतराबारे चेतावनी दिएका छन् ।

केवल ३१ वर्षको उमेरमा रूढीवादी राजनीतिमा उदाउँदो शक्तिशाली स्वर बनेका कर्कलाई युटाको युटाह भ्याली विश्वविद्यालयमा एक कार्यक्रममा बोल्दै गर्दा गोली प्रहार गरिएको थियो ।

“यो अमेरिकाका लागि कालो क्षण हो”, राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्या भएको केही घण्टापछि ट्रुथ सोसलमार्फत जारी भिडियो सन्देशमा भने । उनले कर्कलाई ‘सत्यका लागि शहीद’ को उपाधि दिँदै भने, “मेरो प्रशासनले यस अत्याचारमा संलग्न हुने हरेकलाई पत्ता लगाउनेछ, जसमा यसलाई कोष वा समर्थन गर्ने संस्थाहरू पनि पर्नेछन् ।”

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एक्समा लेखेका छन्, “चार्ली किर्कको हत्याबाट म स्तब्ध छु । राजनीतिक हिंसाको कुनै औचित्य छैन । यसको हरेक कार्यले लोकतन्त्रलाई गम्भीर खतरा पुर्‍याउँछ ।”

बेलायती प्रधानमन्त्री किर स्टार्मरले एक्समा भने, “हामी सबै डरबिना स्वतन्त्र रूपमा बहस गर्न सक्षम हुनुपर्छ । राजनीतिक हिंसाको कुनै औचित्य हुन सक्दैन ।”

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले एक्समा लेखिन्, “यो नृशंस हत्या लोकतन्त्र र स्वतन्त्रतामा विश्वास गर्नेहरूका लागि गहिरो घाउ हो । उहाँका परिवार, प्रियजन र अमेरिकी रूढीवादी समुदायप्रति मेरो गहिरो समवेदना छ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, “चार्ली किर्कको हत्या सत्य बोलेको र स्वतन्त्रताको रक्षा गरेको कारणले भएको हो । उहाँ इजरायलका सच्चा मित्र हुनुहुन्थ्यो, जसले झूटविरुद्ध लड्नुभयो र यहुदी–ईसाई सभ्यताका लागि उभिनुभयो ।”

नेतान्याहुले थपे, “मैले दुई हप्ताअघि मात्रै उहाँसँग कुरा गरेको थिएँ र उहाँलाई इजरायल भ्रमणको निम्तो दिएको थिएँ । दुर्भाग्यवश, त्यो भ्रमण अब सम्भव हुने छैन ।”

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ३ : ५६ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को