पूर्वराष्ट्रपति भण्डारीको आह्वान : संवैधानिक दायरामै रहेर समाधान खोज्दै नयाँ सरकार बनाऊँ « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको आह्वान : संवैधानिक दायरामै रहेर समाधान खोज्दै नयाँ सरकार बनाऊँ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुलुकको राजनीतिक निकास संविधानकै दायरामा खोजिनुपर्नेमा जोड दिएकी छन्।

उनले जारी गरेको वक्तव्यमा सोमबारको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ युवाको मृत्यु र त्यसपछि देशव्यापी रूपमा फैलिएको हिंसा, आगजनी, तोडफोड, लुटपाट र कुटपिटका घटनाबाट मुलुक स्तब्ध भएको उल्लेख छ। 

अहिलेसम्म ३४ जनाको मृत्यु र हजारौँ घाइते भएको घटनामा मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेकी छन्।

भण्डारीले लोकतन्त्र, मानवअधिकार, कानुनी शासन र नागरिक अधिकार आधुनिक राजनीतिक प्रणालीका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै नयाँ पुस्ताले सुशासन र पारदर्शितासहितको भविष्य निर्माण गर्ने संकल्पलाई सही दिशामा डोर्‍याउन सबैलाई आग्रह गरिन्। 

उनले शान्तिपूर्ण आन्दोलनका बीचमा ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र संसद् भवनजस्ता राज्यका प्रमुख संरचनामा आगजनी हुनु गम्भीर प्रश्न भएको भन्दै यसको जवाफ खोज्न सम्बद्ध सबैलाई आह्वान गरिन्।

‘प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपश्चात् सरकार कामचलाउ अवस्थामा छ, तर संविधानले तोकेका राष्ट्रपति र संसद् जस्ता संस्थाहरू कायम नै छन्,’ पूर्वराष्ट्रपतिले भनिन्। राष्ट्रपतिले समन्वयकारी भूमिका खेल्दै संवैधानिक प्रक्रियामार्फत् नयाँ मन्त्रिपरिषद गठन गर्न पहल गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

भण्डारीले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट स्थापित भएको स्मरण गर्दै आगामी राजनीतिक निकास संविधानको मर्म र भावनाअनुसारै निकालिनुपर्ने बताइन्।

उनले राजनीतिक दलहरूलाई विगतको गम्भीर समीक्षा गरेर आर्थिक नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरिन्। 

अप्ठ्यारो परिस्थितिमा पार्टीहरू आन्तरिक एकता, सहकार्य र समन्वयका आधारमा राष्ट्रलाई सही दिशामा अघि बढाउन कटिबद्ध हुनुपर्नेमा उनले विशेष जोड दिइन्।

भण्डारीले ‘जेन–जी पुस्ताको उत्साह र लोकतान्त्रिक आकांक्षालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै, नागरिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमा चोट पुग्ने कुनै निर्णय गरिनु हुँदैन,’ भनेकी छन्।

उनले कठिन परिस्थितिमा संयम र धैर्यता अपनाइरहेका नेपाली जनता तथा शान्ति सुव्यवस्था कायम गर्न खटिएका सेना र सुरक्षा निकायप्रति आभार व्यक्त गरेकी छन्।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : १४ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको