नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ « Khabarhub

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय टकलासहित १७ जना ललितपुबाट पक्राउ परेका छन् ।

उनीहरूलाई प्रहरी र सेनासहितको टोलीले ललितपुरको मंगलटारबाट बिहीबार पक्राउ गरेको हो ।

त्यसैगरी सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी पनि पक्राउ परेका छन् । उता, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दी पनि समातिएका छन् ।

धादिङस्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दी नियन्त्रणमा आएका छन् ।

बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । त्यस क्रममा १ जना कैदी घाइते भएका छन् ।

उता, ललितपुरको भैँसेपाटी इलाकाको प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाई गरी प्रहरीलाई स्वागत गरेका छन् ।

सेना र प्रहरीले हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद गरेका छन् । काभ्रेपलान्चोकको बनेपा ९ स्थित नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ७ : ५५ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा