काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने « Khabarhub

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूको निर्णयअनुसार भदौ २७ गते केही समयका लागि आवतजावत गर्न दिने व्यवस्था मिलाइएको हो।

जंगी अड्डाका अनुसार २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सामान्य आवतजावत गर्न सकिनेछ। तर, बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ भने बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ।

नेपाली सेनाले सुरक्षाको जिम्मा सम्हाल्दै जनधनको रक्षा सुनिश्चित गर्न आवश्यक देखिएकाले निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिँदै बीच–बीचमा खुकुलो बनाइएको जनाएको छ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ९ : १५ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न