चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट « Khabarhub

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण हुँदा राष्ट्रपतिको कार्यालय प्रधानमन्त्रीको कार्यालयका वेबसाइट चल्न छाडेका छन् ।

बिहीबार राति साढे ११ बजे खोलेर हेर्दा दुवै कार्यालयका वेबसाइट खुल्दैनन् । अर्कातिर गृहमन्त्रालयसहित अन्य सरकारी कार्यालयका वेबसाइट सञ्चालनमै छन् ।

दुवै कार्यालयका वेबसाइट पूरै डाउन गरिएको छ । देशमा सेनाको नेतृत्वमा राजा फर्काउन लागिएको हल्ला भुसको आगो जसरी फैलिएका बेला यी दुई कार्यालयको वेबसाइट के कारणले बन्द भए खुलेको छैन । जेन-जीको आगजनीका कारण या नियतवश यी वेबसाइट बन्द भए खुल्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएपछि पनि आधिकारिक वेबसाइट भने सञ्चालनमै थियो । तर बिहीबार मध्यरातिदेखि दुवै कार्यालयका वेबसाइट बन्द गरिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ४६ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य