राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना « Khabarhub

राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । यससँगै राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग सोमबारमात्रै वार्ता गर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए ।

शनिबार जेनजीका प्रतिनिधिसँग छलफल गर्ने भनेपछि राष्ट्रपति कार्यालय अगाडि असन्तुष्टि जनाउँदै केही जेनजीहरूले नाराबाजी समेत गरेका थिए ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित दलहरूका प्रतिनिधिसँग फागुन २१ को चुनावबारे छलफल गर्दै दलहरुलाई तयारी गर्न सुझाएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १ : २१ बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया