जेनजी सहिदको स्मृतिमा झापामा म्याराथन « Khabarhub

जेनजी सहिदको स्मृतिमा झापामा म्याराथन


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा- जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा युथ फर सोसाइटीले आज झापामा आयोजना गरेको ‘मेचीनगर रन २०८२’ मा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम भएकी छन् । प्रतियोगितामा पुरुषतर्फ दोस्रो विर्तामोडका १६ वर्षीय शिव कार्की र तेस्रो दमकका मिङसेन लिम्बू भएका छन् ।

साथै महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र दमककै रुबिना महतरा तेस्रो भए । प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच हजार, द्वितीयलाई रु तीन हजार र तृतीय हुनेलाई रु दुई हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । मेचीनगर नगरपालिकाको वडा नं १५ ज्यामिरगढीबाट सुरु भएको दौड धुलाबारीमा पुगेर समापन भएको थियो ।

प्रतियोगितामा झापाका विभिन्न स्थानबाट आएका १६४ जना युवा धावकहरु सहभागी रहेको आयोजक युथ फर सोसाइटीका सदस्य जयराम दाहालले बताए । जसमा १५६ जना पुरुष र १८ जना महिला सहभागी रहेका थिए । सोसाइटीले जेनजी आन्दोलनमा झापाबाट सहिद भएका दिनेश राजवंशी र गोपाल सेढाइको परिवारलाई रु ५० हजारका दरले सहयोग उपलब्ध गराउने जनाएको छ ।

दौड प्रतियोगिताको समापन कार्यक्रममा सहिद दिनेश राजवंशीकी आमा सपना राजवंशीलाई रु ५० हजार सहयोग हस्तान्तरण गरिएको थियो । धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सञ्जीव राईले जेनजी आन्दोलनमा झापाबाट शहादत प्राप्त गर्नेका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सोही कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : ०७ बजे

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

महेन्द्रनगर – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित

सञ्चारमन्त्री खरेलले भने- म आजको दिनसम्म कुनै पार्टीमा आबद्ध छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू

सन् २०२५ मा लिबियाबाट ३७ हजारभन्दा बढी आप्रवासीलाई स्वेच्छिक निर्वासन

एजेन्सी– लिबियाको अवैध आप्रवासन विरोधी एजेन्सीले अनियमित आप्रवासन प्रवाहको सामना

स्काभेटर र टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

तनहुँ– जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक