ऐनापहरा पार्कबाट ६० लाख रुपैयाँ आम्दानी « Khabarhub

ऐनापहरा पार्कबाट ६० लाख रुपैयाँ आम्दानी


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहराबाट एक वर्षमा ६० लाख रुपैयाँ आम्दानी भएको छ । आँबुखैरेनी–२ र ४ को सीमानामा अवस्थित ऐनापहराबाट गाउँपालिकाले गत आर्थिक वर्ष आन्तरिक राजस्वतर्फ रु ६० लाख आम्दानी गरेको हो । ऐनापहरामा पर्यटक आकर्षित गर्न पार्क निर्माण गरिएको छ । पार्क प्रवेश गर्नेसँग टिकट लिने गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

स्थानीयलाई रु ५० र बाह्यलाई रु १०० टिकट शुल्क तोकिएको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउन रु दुई करोड लगानीमा विभिन्न संरचना निर्माण गरिएको छ । पृथ्वी राजमार्गसँगै जोडिएको ऐनापहरा पार्क पछिल्लो समय पर्यटकको विश्रामस्थलका रूपमा विकास हुन थालेको छ ।

सार्वजनिक बिदा र शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी–२ का वडाध्यक्ष आशबहादुर गुरुङले बताए । ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनको भनाइ छ ।

उनले भने, “गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ, राजमार्ग भएर यात्रा गर्नेहरू पनि यहाँ रोकिएर आनन्दित भएर जान्छन् ।” यहाँ रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाइएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँ गत साउन ३ गतेदेखि ‘स्काइ वाक’ सुरु गरिसकेको छ । स्काइ वाकको मूल्य रु २५० तोकिएको छ । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको हो । करिब ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ४ : ०१ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको