सीसँगको बैठक रद्द नगरेको ट्रम्पको स्पष्टोक्ति | Khabarhub Khabarhub

सीसँगको बैठक रद्द नगरेको ट्रम्पको स्पष्टोक्ति


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको भन्दै ‘सीलाई भेट्ने कुनै कारण छैन’ भन्ने आफ्नो हालैको टिप्पणी स्पष्ट पारेका छन् ।

म्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज तत्व) हरूको निर्यातमा इजाजतपत्र अनिवार्य गर्ने नयाँ नीति ल्याएकोमा आश्चर्य व्यक्त गर्दै यस कदमलाई ‘अप्रत्याशित’ भने ।

“मैले बैठक रद्द गरेको होइन । यद्यपि, त्यो निश्चित छ वा छैन भन्ने कुरा पक्का छैन । जे भए पनि म त्यहाँ हुनेछु । म अनुमान गर्छु, बैठक हुन सक्छ । तर उनीहरूले संसारलाई अचम्म पार्ने कदम चाले । अचानक, कुनै पूर्वसूचना बिना उनीहरूले यो सम्पूर्ण आयात–निर्यात अवधारणा ल्याए, जसको बारेमा कसैलाई थाहा थिएन”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।

यसअघि उनले चीनले दुर्लभ पृथ्वी तत्वहरूमा नयाँ निर्यात नियन्त्रण लगाएको ‘धेरै शत्रुतापूर्ण’ कदम भएको टिप्पणी गर्दै सी जिनपिङसँग भेट्ने कुनै कारण नभएको बताएका थिए । उनले अमेरिकाले यसका विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी पनि दिएका थिए ।

चीनले प्रतिबन्धहरू फिर्ता लिएमा अमेरिकाले थप करहरू फिर्ता लिन्छ कि भन्ने प्रश्नमा ट्रम्पले भने, “हामीले के हुन्छ भनेर हेर्नुपर्छ, त्यसैले मैले मिति नोभेम्बर १ तोकेको हुँ ।” उनले अमेरिकाले अब विमानका पुर्जादेखि सफ्टवेयरभन्दा बाहेकका अन्य वस्तुहरूमा पनि निर्यात नियन्त्रण गर्ने विचार गरिरहेको बताए ।

“हामीसँग विमान र तिनका पार्ट्सहरू छन् । हामी चीनको कदमबाट साँच्चिकै चकित भयौँ । मेरो राष्ट्रपति सीसँग धेरै राम्रो सम्बन्ध छ, तर यो मैले उक्साएको होइन । यो उनीहरूले गरेका कार्यहरूको मात्र प्रतिक्रिया हो । वास्तवमा उनीहरूले हामीलाई मात्र होइन, सम्पूर्ण विश्वलाई लक्षित गरे । यो धेरै नै खराब कदम हो”, ट्रम्पले भने ।

चीनले दुर्लभ पृथ्वी तत्वहरू र तिनसँग सम्बन्धित प्रविधिहरूमा प्रतिबन्ध विस्तार गरेपछि ट्रम्पले घोषणा अमेरिकाले सन् २०२५ नोभेम्बर १ देखि चीनबाट आयात हुने सबै सामानमा ‘हाल लागिरहेका कुनै पनि करभन्दा माथि’ १०० प्रतिशत कर लगाउने घोषणा गरे ।

त्यसै मितिदेखि सबै ‘महत्त्वपूर्ण सफ्टवेयर’ मा पनि निर्यात नियन्त्रण लागू गरिने उनले बताए ।

उनले भने, “हामीले भर्खरै पत्ता लगाएका छौँ कि चीनले विश्वलाई अत्यन्त शत्रुतापूर्ण पत्र पठाएर अन्तर्राष्ट्रिय व्यापारमा असाधारण आक्रामकता देखाएको छ । उनीहरूले सन् २०२५ नोभेम्बर १ देखि आफ्नो उत्पादनका लगभग सबै वस्तुमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने निर्णय गरेका छन्, जुन सबै देशहरूलाई असर गर्नेछ । यो नैतिक दृष्टिले पनि निन्दनीय कदम हो र अन्तर्राष्ट्रिय व्यापारमा अस्वीकार्य व्यवहार हो ।”

ट्रम्पले भने, “चीनले यस्तो कदम चालेको पत्यार गर्न गाह्रो छ, तर उनीहरूले गरेका छन् र अब बाँकी इतिहास हो । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।”

यो सम्पूर्ण विवाद चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण कडा बनाउँदै आफ्नो नियन्त्रण सूची विस्तार गरेको र सैन्य तथा अर्धचालक उद्योगसँग सम्बन्धित प्रविधि र विदेशी प्रयोगहरूलाई समेत समेट्ने प्रतिबन्ध लगाएको पृष्ठभूमिमा आएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ५४ बजे

जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार

सिन्धुली – कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएर बस्ती नै जोखिममा

जेलेन्स्कीद्वारा ट्रम्पलाई युक्रेनमा शान्तिको मध्यस्थता गर्न आग्रह

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई मध्यपूर्वमा जस्तै

अभिनेता हमालको ‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन

काठमाडौं – पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको

रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

रसुवा – स्याफ्रु–रसुवागढी खण्डमा करेन्ट लागेर आज एक जना स्काभेटर

गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

गाजा – सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु