डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण « Khabarhub

डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ । नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार गरेको उक्त कृतिको शनिबार स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गरेका हुन् ।

एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आज आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरे पनि यात्राको अनुभवलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गरे ।

‘सरल भाषामा लेखिएको  ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ’, उनले भने । उनले मुलुकमा नियात्राकारको आवश्यकता औँल्याए  । 

पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार प्राडा विन्दु शर्माले उक्त कृतिले नेपाली साहित्यलाई पर्यटनसँग जोडेको बताइन् । कृतिले कैलाश घुम्ने क्रममा भेटिएका गुम्बा र विभिन्न स्थानको किंबदन्तीलाई समेटेको उल्लेख गरिन् ।

समीक्षक राम लोहनीले कैलाश घुम्दाका बखत आफूले देखे भोगेका कुरालाई पुस्तकमा समावेश गरिएको बताए । कैलाश मानसरोवर यात्राका क्रममा मिलेको ऊर्जालाई लेखकले पुस्तकमार्फत पाठकसमक्ष लैजाने प्रयास गरेका उनले उल्लेख गरे । रासस

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : २३ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ