भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ? « Khabarhub

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला राष्ट्रिय टिमको घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा जाने नेपाली टिमको नाम सार्वजनिक गरेको हो ।

इन्दु बर्माको कप्तानीमा घोषणा भएको नेपाली टिमले नोभेम्बर १३ देखि १९ तारिखसम्म भारतमा मैत्रीपूर्ण खेल खेल्नेछ । भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग नेपालले प्रतिस्पर्धा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

यो भ्रमणमा नेपालले प्रत्येक प्रदेश टिमसँग दुईदुई गरेर ६ वटा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन् ।

नेपालले भारत भ्रमणमा नोभेम्बर १३ र १७ तारिखमा राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ भने नोभेम्बर १४ र १८ तारिखमा उत्तराखण्डसँग खेल्नेछ । नोभेम्बर १५ र १९ तारिखमा भने बंगालसँग भिड्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : १७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी