भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ? « Khabarhub

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला राष्ट्रिय टिमको घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा जाने नेपाली टिमको नाम सार्वजनिक गरेको हो ।

इन्दु बर्माको कप्तानीमा घोषणा भएको नेपाली टिमले नोभेम्बर १३ देखि १९ तारिखसम्म भारतमा मैत्रीपूर्ण खेल खेल्नेछ । भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग नेपालले प्रतिस्पर्धा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

यो भ्रमणमा नेपालले प्रत्येक प्रदेश टिमसँग दुईदुई गरेर ६ वटा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन् ।

नेपालले भारत भ्रमणमा नोभेम्बर १३ र १७ तारिखमा राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ भने नोभेम्बर १४ र १८ तारिखमा उत्तराखण्डसँग खेल्नेछ । नोभेम्बर १५ र १९ तारिखमा भने बंगालसँग भिड्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : १७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा