दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै « Khabarhub

दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा आइतबार र सोमबार स्थगित भएको बैठक आज बस्न लागेको हो।

असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे अझै पनि छलफल जारी छ।

करिब एक महिनादेखि जारी बैठकमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद पेचिलो बन्दै गएको छ। संस्थापन पक्षले महाधिवेशन गर्ने योजना बनाएको छैन। अर्को पक्षले भने नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनैपर्ने अडान अगाडि सारेको छ। बैठकमा कांग्रेसमा दुई पक्षले छुट्टाछुट्टै महाधिवेशनत कार्यतालिका प्रस्तुत गरिसकेका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : १० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु