हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल « Khabarhub

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मनदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल गरेको छ । सोमबार हुम्ला निर्वाचन कार्यालद्वारा आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका मतदान केन्द्रको अवस्थाबारे छलफल तथा समिक्षा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका सबै गाउँपालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सम्पूर्ण वडाका वडा सदस्यहरू, सरोकार भएका निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

बैठकमा वडा पालिकामा यही कात्तिक ३० गतेभित्र १८ वर्ष उमेर पुगेका नागरिकको मतदाता नामावली सङ्कलन गरी निर्वाचन कार्यालयमा बुझाउने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख भिमबहादुर रोकायाले जानकारी दिए । साथै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सहकार्य र समन्वय गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ५७ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको