ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर गए राति दुर्घटनामा परेको थियो ।

बाजुरा गौमुल गाउँपालिका– ३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली– २ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए ।

घाइतेलाई  जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ५० बजे

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी