काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ « Khabarhub

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका प्रहरी कार्यालय बनेपाबाट फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २४ गते उक्त कार्यालयमा भएको तोडफोडका क्रममा हिरासतबाट भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसबेला हिरासतबाट भागेका १२ मध्ये पाँच जनालाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएका पनौती नगरपालिका–४ का २८ वर्षीय सरोज पोडे, सोही मुद्दाका पनौती– ९ का ३३ वर्षीय उत्तमबहादुर तिमल्सिना र रोशी गाउँपालिका–९ का ४६ वर्षीय नरबहादुर लुङ्गेली रहेका छन् । पोडेलाई पनौती– ७ बाट, तिमल्सिनालाई पनौती– ७ बाट र लुङ्गेलीलाई रोशी–९ बाट पक्राउ गरिएको हो ।

त्यसैगरी, जबर्जस्ती करणीमा मुद्दा चलाइएका खोटाङको जन्तेढुङ्गा गापा–६ का २३ वर्षीय प्रविन मगर र सवारी अङ्गभङ्गमा हिरासतमा रही फरार रहेका रोशी गापा–१ का ३२ वर्षीय भीमबहादुर सुनारलाई पक्राउ गरिएको जनाइएको छ ।

मगरलाई उनकै घरबाट र सुनारलाई बनेपा– ८ बाट पक्राउ गरिएको विष्टले जानकारी दिए । उनीहरूलाई सोमबार पक्राउ गरी पुनः हिरासत पठाइएको र उनीहरूको मुद्दाबारे थप अनुसन्धान भइरहेको बताए ।

यसअघि जेन–जी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न सात जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो ।

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । उनका अनुसार कार्यालयमा छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको हो ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको थियो । यसअघि जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ । (रासस)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : ११ बजे

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार