व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया « Khabarhub

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ प्रविधिमा तरकारीखेती गर्न थालेका छन् ।

परम्परागत रूपमा खेती गर्दै आएका मुक्तकमैया परिवारलाई मुक्तकमैया महिला विकास मञ्च धनगढीले मल्चिङ प्रविधिमा तरकारीखेती गर्न सिकाएको हो । तरकारीखेतीमा संलग्न २५ मुक्तकमैया परिवारलाई मल्चिङ प्लाष्टिकसँगै खेती गर्ने तौरतरिका सिकाउने कार्य गरिएको मञ्चका निवर्तमान अध्यक्ष कौशिला चौधरीले बताइन् ।

यस प्रविधिबाट तरकारीखेती गर्न थालेपछि पहिलेको जस्तो रोग कीरा, झारपातको समस्याबाट मुक्ति पाइएको स्थानीय किसान स्वस्तिमा चौधरीले बताइन् ।

यो प्रविधिबाट गरिएको खेतीबाट परम्परागत विधिभन्दा दोब्बर बढी उत्पादन हुन थालेको उनको भनाइ छ । उनका अनुसार एकै किसानले विगतमा मुस्किलले सिजनमा ५० हजारदेखि ७० हजारसम्मको तरकारी बिक्री गर्थे भने हाल यस प्रविधिको प्रयोग हुन थालेपछि दुई लाखदेखि पाँच लाखसम्मको तरकारी बिक्री गर्न थालेका छन् ।

नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले पछिल्ला वर्षमा किसानबीच मल्चिङ प्लाष्टिकको प्रयोग तीव्र रूपमा बढ्दै गएको बताए । तरकारीखेतीमा संलग्न मुक्तकमैया परिवारले यस प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढाउन सफल भएको उनको भनाइ छ ।

उनका अनुसार सूर्यको प्रकाश माटोसम्म नपुग्दा झारपात उम्रन पाउँदैन, जसले श्रम र लागत दुवै घटाउँछ । यो प्रविधिले माटोको तापक्रम सन्तुलनमा राखी बिरुवा स्वस्थ राख्ने, माटोबाट सर्ने रोग र कीराको जोखिम घटाउने तथा रासायनिक विषादीको प्रयोगमा कमी ल्याउने कार्य पनि गर्छ ।

यस प्रविधि किसानका लागि निकै उपयोगी रहेको चर्चा गर्दै उनले मल्चिङले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउँछ र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्याउने बताए ।

मञ्चकी अध्यक्ष सीमा चौधरीका अनुसार मञ्चले विगत पाँच वर्षदेखि मुक्तकमैया समुदायका महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले तरकारीखेती, बङ्गुरपालन र कुखुरापालनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दुई दिनअघि मात्र तरकारीखेतीमा संलग्न १६ जना मुक्तकमैयालाई मल्चिङमा प्रयोग हुने प्लाष्टिक पूर्ण अनुदानमा उपलब्ध गराइएको बताए ।

वडाध्यक्ष बहादुरसिंह महराले थोरै जग्गामा व्यावसायिक खेती गरेर मुक्तकमैया परिवार आत्मनिर्भर बन्दै गएकोमा खुसी व्यक्त गरे । (रासस)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : ३२ बजे

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा