दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीले गरिन् दुःख व्यक्त « Khabarhub

दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीले गरिन् दुःख व्यक्त


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गरेकी छन्। एक्स (ट्वीटर)मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री कार्कीले विस्फोटप्रति दुःख व्यक्त गरेकी हुन्।

उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन्। प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतको साथमा रहेकोसमेत उल्लेख गरेकी छन्।

‘हिजो साँझ भएको दुःखद् दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु’, कार्कीले लेखेकी छन्, ‘यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।’

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै