बारपाक–लाप्राक सडकखण्डमा सवारी आवागमन बन्द « Khabarhub

बारपाक–लाप्राक सडकखण्डमा सवारी आवागमन बन्द


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको– १ बारपाक र धार्चे गाउँपालिका– ४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो ।

निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका– ४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनले भने, ‘दुई दिनसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ ।’

शर्मा/विक्की जेभी निर्माण कम्पनीमार्फत सो सडक निर्माणको काम भइरहेको छ । तोकिएको अवधिमा बारपाक–लाप्राक सडक हुँदै सञ्चालन हुँदै आएका सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको अध्यक्ष गुरुङले बताए ।

गोरखाको पर्यटकीय गन्तव्यका रूपमा रहेको बारपाक र लाप्राक सडकखण्ड समयमा निर्माण सम्पन्न नहुँदा यात्रीहरूले सास्ती खेप्दै आउनुपरेको छ । सडक स्तरोन्नतिमा ढिलाइ भएकाले हरेक वर्ष बर्खाका बेला उक्त सडकखण्ड महिनौँसम्म अवरुद्ध हुने गरेको छ ।

२०७७ साल जेठमा ठेक्का सम्झौता गरी २०७९ जेठसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि सडक स्तरोन्नतिको काम अझैसम्म सम्पन्न हुनसकेको छैन ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ३६ बजे

स्रोतको सुनिश्चित नगरी बजेट बनाउँदा बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा

चाल्नाखेलबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं- मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक

एपस्टिन फाइलमा दलाई लामाको नाम १६९ पल्ट उल्लेख !

काठमाडौं- एपस्टिन फाइलमा तिब्बती धर्मगुरु दलाई लामाको नाम पनि मुछिएको

डलरमा गिरावटको बाबजुद अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि

काबुल– डलरमा लगातार गिरावटको बाबजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा

कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय