मुख्यमन्त्री कार्कीद्वारा शुभकामना « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा आज श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता तथा सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए । 

उनले बाल्यकालदेखि नै समाज सुधारमा लागेका महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै सबै जात, भाषा, धर्म तथा संस्कृतिको संरक्षण र संवर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

फाल्गुनन्दको ‘सत्य बोल्ने, अहिंसा अपनाउने, नारीको सम्मान गर्ने’ सन्देश आज पनि जीवनपथका अमूल्य प्रेरणाका स्रोत भएको मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

उनले कोशी प्रदेश सरकार यहाँको भाषा संस्कृति लिपिको संरक्षण संवर्द्धनमा प्रतिबद्ध रहेको बताउँदै संवैधानिक व्यवस्थाअनुसार भाषालाई प्रदेशमा प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गरे । 
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ५५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक