मुख्यमन्त्री कार्कीद्वारा शुभकामना « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा आज श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता तथा सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए । 

उनले बाल्यकालदेखि नै समाज सुधारमा लागेका महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै सबै जात, भाषा, धर्म तथा संस्कृतिको संरक्षण र संवर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

फाल्गुनन्दको ‘सत्य बोल्ने, अहिंसा अपनाउने, नारीको सम्मान गर्ने’ सन्देश आज पनि जीवनपथका अमूल्य प्रेरणाका स्रोत भएको मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

उनले कोशी प्रदेश सरकार यहाँको भाषा संस्कृति लिपिको संरक्षण संवर्द्धनमा प्रतिबद्ध रहेको बताउँदै संवैधानिक व्यवस्थाअनुसार भाषालाई प्रदेशमा प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गरे । 
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै