तुलसीपुरमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती « Khabarhub

तुलसीपुरमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । 

त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय बालाराम घर्तीले बताए । उनका अनुसार तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य स्थानमा अझै पनि पुल निर्माण भएका छैनन् । 

बराखुट्टी र गाईखुट्टीको बीचमा एउटा झोलुङ्गे पुल छ । त्यस्तै साजखुट्टी र बराखुट्टी जोड्ने अर्को पुल छभने अमुवापुरमा गरी तीन झोलुङ्गे पुल छन् । ती झोलुङ्गे पुलबाट आवतजावतमा केही सहज भए पनि अन्य छवटा स्थानमा झोलुङ्गे पुल पनि छैनन् । ती स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समय निकै समस्या हुने उनको भनाइ छ ।

‘हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ’, उनले भने, ‘तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ ।’ 

गिधनियामा बन्न थालेको पुल पनि सात वर्षदेखि अलपत्र छ । जुन ठाउँमा अहिले दुईवटा पिल्लर मात्रै छन् । त्योभन्दा अगाडि बढ्न सकेको छैन । यसरी पुल अलपत्र भएपछि आफूहरु आजित भएको स्थानीय भक्तबहादुर बस्नेतले बताए । ‘बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्’, उनले भने, ‘यसरी त हामी निकै मारमा परेका छौँ ।’

हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । उपमहानगरपालिकाले त्यसका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरपालिका भित्रकै पहिलो बक्स पुल निर्माणका लागि सोही स्थानमा सर्वेसमेत भइरहेको नगर प्रमुख टिकाराम खड्काले बताए । 

उनका अनुसार सोही पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको छ । जहाँ पुल निर्माण भएपछि त्यहाँका आधा दर्जन बढी गाउँलाई सहज हुने उनको भनाइ छ । मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका बासिन्दालाई सहज हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ०६ बजे

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी