राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए « Khabarhub

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय झन्डा ओढेर सार्वजनिक संरचनामा विध्वंश मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

भदौ २४ मा भएको जेन-जी आन्दोलनका नाममा नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाको घरमा र ब्यवसायमा आगजनी र पृथ्वी चोकस्थित लखन थापाको शालिक फुटाउने रास्वपा कार्यकर्ता विक्रम उपनामका अभिमन्यु पाण्डे पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलबार बिहान पक्राउ गरेर हिरासतमा लिएको हो ।

यसभन्दाअघि उनी पोखराको पामेस्थित संघर्षशील सहकारीको रकम अपचलन पक्राउ परेका थिए । तर त्यसबेला उनी धरौटीमा छुटे । उनी उक्त सहकारीका अध्यक्षसमेत हुन् ।

पाण्डेलाई अपराधिक उपद्र्वमा मुद्दा चलाउने गरी म्याद थप गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : २६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक