राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए « Khabarhub

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय झन्डा ओढेर सार्वजनिक संरचनामा विध्वंश मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

भदौ २४ मा भएको जेन-जी आन्दोलनका नाममा नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाको घरमा र ब्यवसायमा आगजनी र पृथ्वी चोकस्थित लखन थापाको शालिक फुटाउने रास्वपा कार्यकर्ता विक्रम उपनामका अभिमन्यु पाण्डे पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलबार बिहान पक्राउ गरेर हिरासतमा लिएको हो ।

यसभन्दाअघि उनी पोखराको पामेस्थित संघर्षशील सहकारीको रकम अपचलन पक्राउ परेका थिए । तर त्यसबेला उनी धरौटीमा छुटे । उनी उक्त सहकारीका अध्यक्षसमेत हुन् ।

पाण्डेलाई अपराधिक उपद्र्वमा मुद्दा चलाउने गरी म्याद थप गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : २६ बजे

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र