विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ५० मिलिग्राम र नगद ७३ हजार रूपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका-१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको टोखा नगरपालिका-६ ग्राण्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा डेरा गरी बस्ने झापा घर भएका २८ वर्षीय बिसाल पाठक र झापा मेचीनगर नगरपालिका-१० घर भएका २१ वर्षीय ईमान महमद रहेका छन् । 

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलबाट नियन्त्रित फेनारगन ३९ एम्पुल, बुप्रेनोर्फिन ४६ एम्पुल र डाईजेपाम ४५ एम्पुल सहित तनहुँ ब्यास नगरपालिका-१ बस्ने २१ वर्षीय रबिन उचाइलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी बिट कृष्ण मन्दिरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१४ प २४९२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

मोरङको रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ दर्बेशा बस्ने २१ वर्षीय पारस राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका को.२५ प १८१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बिपी चोक बस्ने १९ वर्षीय गणेश बर्देवा र लेटाङ नगरपालिका-४ हाटखोला बस्ने २४ वर्षीय देबिन नेपाली रहेका छन् । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका-४ जहडीबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय २५ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय रंजित ठाकुर र सोही नगरपालिका-७ बस्ने ३९ वर्षीय अरजित तामाङ रहेका छन् । 

इलाका प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा सोही ठाउँ बस्ने ५० वर्षीय विष्णु बहादुर तामाङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात बिष्णुलाई कटारी
नगरपालिका-४ स्थित पानी ट्याङ्की जंगलबाट गाँजा ९ किलो ३५ ग्राम सहित फेला पारी पक्राउ गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका-३ आदर्शनगर डेरा गरी बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय रोशन सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम र नगद ८ हजार ६ सय ७५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-३ गोसलाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय रोहित रायलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ३५ बजे

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा

अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ ।

सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट

लामो समयदेखि मिर्गौला पीडित आमाको डाइलासिस गराइरहेका तिलक विश्वकर्माले गत