च्याङ्ग्रा पालनबाट वार्षिक पाँच लाख आम्दानी « Khabarhub

च्याङ्ग्रा पालनबाट वार्षिक पाँच लाख आम्दानी


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो एक हजार ३०० छ । यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ एक हजार लगानी गरेर  च्याङ्ग्रापालन सम्भव होला र तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन सुरु गरेका थिए । 

हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरूलाई अनुदान सहुलियत दिन थालेपछि नेपाली र दलित समुदायका केही व्यक्तिहरु त्यहाँ पुगेका थिए । घरपझोङ–४ जोमसोमका ३० घरपरिवारले सामूहिक च्याङ्ग्रापालन गर्ने प्रस्ताव गरे । आयोजनाले सो प्रस्ताव पारित गर्‍यो र अनुदान सुनिश्चित गर्‍यो ।

पूर्णबहादुरसहित दलित समुदायका ३० घरधुरीले प्रतिघरधुरीका लागि तीन-तीनवटा च्याङ्ग्राको माउ (रमा) पाए । एक घरधुरीलाई च्याङ्ग्रा खरिद गर्दा लाभग्राही घरधुरीले एक हजार तिरेँ । 

बाँकी रकम उपआयोजनाले अनुदान सहयोग गर्‍यो । सुरुमा ३० घरधुरीका दलित समुदायले सगोलमा नै च्याङ्ग्रापालन गरे । तर, सामूहिक रुपमा च्याङ्ग्रापालन गर्न कठिनाइ भयो । कतिपय च्याङ्‍ग्राहरू हराउने र मर्न थाले ।  एक वर्ष नपुग्दै अनुदानमा खरिद गरिएको च्याङ्ग्राको सङ्ख्या घट्दै जान थालेपछि उनीहरूले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे । पूर्णबहादुरले सगोलबाट भागबन्डा गरी लिँदा भागमा दुईवटा पर्‍यो  ।

पूर्णबहादुरको भागमा परेको दुईवटा च्याङ्ग्रामा १० वटा थपेर १२ वटा पुर्‍याए । त्यसपछि सुरु भयो पूर्णबहादुरको च्याङ्ग्रापालनको व्यवसायिक यात्रा । 

उनको च्याङ्ग्रापालन अहिले लोभलाग्दो छ । उनको फार्ममा हाल १३० बढी  च्याङ्ग्रा छन् । यसै वर्ष मात्र पूर्णबहादुरले २० वटाभन्दा च्याङ्ग्रा रु ४० हजार मूल्यमा बिक्री गरे। उनले भने, ‘पाल्न त धेरै पनि सकिन्थ्यो, तर हिउँचितुवा र अन्य वन्यजन्तुबाट बचाउन गाह्रो पर्छ ।’

उनले च्याङ्ग्रा पालनका लागि एक जना गोठाले पनि राखेका छन् । उनीसँगै च्याग्रापालन सुरु गरेका ३० घरधुरीमध्ये हाल सात घरधुरीले मात्रै च्याङ्ग्रापालन गरिरहेका छन् । च्याङ्ग्रा पालनको मुख्य उद्देश्य मल उत्पादन र पाठापाठी उत्पादन गर्नु हो । हाल बर्सेनि २०० झोपा मल बिक्री गरी रु दुई लाख बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताउँछन्।

 पूर्णबहादुरले भने, ‘मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ ।’ 

औसतमा वार्षिक पाँच लाख बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उनको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ४२ बजे

‘च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ’

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन,

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको