काठमाडौँ उपत्यकाका २२ हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार « Khabarhub

काठमाडौँ उपत्यकाका २२ हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ । 

यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य ‘रेकर्डिङ’ प्रणाली विकास गरेको हो । 

यसमार्फत विद्यार्थीहरूको डिजिटल स्वास्थ्य प्रोफाइल तयार पारिँदै आएको र जसमा विद्यालयमा भएका सबै स्वास्थ्यसम्बन्धी क्रियाकलाप व्यवस्थित रूपमा अभिलेख गरिएको जनाइएको छ ।

हाम्रो हेल्थका संस्थापक डा प्रशान्त भट्टराईले सरकारको ‘एक विद्यालय, एक नर्स’ नीति, मध्याह्‍न भोजन, खोप, ‘डिवर्मिङ’, आयरन-भिटामिन वितरण जस्ता कार्यक्रमहरू बढ्दै गएका बेला विद्यार्थीले स्वास्थ्यको व्यवस्थित ‘डाटाबेस’ नहुनुले सरकारले वास्तविक समयमा तथ्यांक पाउन नसक्ने अवस्था रहेको बताए । उनका अनुसार यस संस्थाले विद्यार्थी, अभिभावक, विद्यालय र नगरपालिकालाई तथ्य–आधारित निर्णय लिन सहयोग गर्ने बलियो विद्यार्थी स्वास्थ्य तथ्यांक बनाइरहेको छ ।

प्रोफाइलमा सरकारले सञ्चालन गर्ने खोप, आयरन र भिटामिन वितरण,  कीरा मार्ने (डिवर्मिङ) कार्यक्रमहरू, विद्यालयमा हुने निजी क्षेत्रका स्वास्थ्य परीक्षणहरूलगायत विद्यालय नर्सहरूले दिने प्राथमिक उपचार तथा तत्कालीन स्वास्थ्य सेवाबारे समेटिने भट्टराईले जानकारी दिए ।  

उनका अनुसार विद्यालयमा भएका हरेक स्वास्थ्यसम्बन्धी क्रियाकलाप समेट्ने दीर्घकालीन र व्यवस्थित अभिलेख समेट्नु  नै संस्थाको प्रमुख कार्य हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : २४ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका