प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक भीड « Khabarhub

प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक भीड


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ । 

सोहीअनुरूप प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पनि दर्ता गराउन आउनेको भीड दिनप्रतिदिन बढ्दै गएको छ ।

कार्यालयको काम बिहान १० बजेदेखि हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बिहानै ९ बजेबाट नै लाइनमा उभिने गरेका छन् । 

दर्ता अन्तिम चरणमा पुगेका कारण दर्ताका लागि आउनेहरूको संख्या झनै बढेको कार्यालय स्रोतले जनाएको छ ।

मतदाता नामावली अद्यावधिक अभियान अन्तिम चरणमा रहेकाले निर्वाचनमा सहभागी हुन चाहने नागरिकहरू दर्ता गर्न कार्यालयमा उपस्थिति जनाइरहेका छन्।

तस्बिर : अमरेन्द्रकुमार यादव / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ३० बजे

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस