कुलमानसँग कुरा नमिलेपछि ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्दै सुदन, बालेन र सुमना पनि जोडिने « Khabarhub

कुलमानसँग कुरा नमिलेपछि ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्दै सुदन, बालेन र सुमना पनि जोडिने

जेन-जी सहिद परिवारका थापा नेतृत्वमा रहने



काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका सुदन गुरुङ्बीच कुरा मिल्न सकेन । कुलमानकै निसावमा मंगलबार बिहान दुई पटक भएको वार्तामा कुरा नमिलेपछि उनीहरू छुट्टिएका छन्।

मंगलबार दुई पटक भेट गरेर सहकार्यबारे भएको छलफल निचोडमा नपुगेपछि उनीहरूले अलग यात्रा गर्न लागेका छन् ।

भेटमा कुलमानले आफू उज्यालो नेपाल पार्टी दर्ता गर्ने तयारीमा रहेकाले त्यहीँ जोडिन सुदनसहितलाई आग्रह गरेका थिए । तर उनीहरूबीच कुरा नमिलेपछि सहकार्य नहुने भएको छ ।

कुलमानसँग कुरा नमिलेपछि अब सुदनले अन्य विकल्प खोजेका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठसँग सहकार्य गर्ने भएका छन् ।

‘छलफलमा कुरा मिलेन, एउटा मात्र पार्टी दर्ता हुने सम्भावना कम छ । कुलमान जेन-जीलाई अपनत्व हुने दल बनाउन तयार हुनुभएन’, सुदननिकट स्रोतले भन्यो, ‘मिल्ने सम्भावना अब छैन । पार्टीको नाम र संयोजकका सन्दर्भमा कुलमान दाइ लचिलो भए कुरा मिल्ने थियो ।’

सुनदले मंगलबार बिहान पनि कुलमानलाई अहिले सहिद परिवारका सदस्यलाई नेता बनाएर जाने प्रस्ताव गरेका थिए । भविष्यमा कुलमानले चाहेकै नेतालाई अघि बढाउने कुरा सुदनले त्यहाँ राखे। तर कुलमानले साथीहरू तयार नभएको भन्दै पन्छिएको स्रोतले दाबी गरेको छ।

मंगलबार बिहान दुई पटकसम्म सुदन कुलमानको घर गएका थिए । तर तत्काल सहकार्य गर्ने वातावरण नबनेकाले आफ्नो–आफ्नो ढंगले अगाडि बढ्न लागेका हुन् ।

कुलमानले खोल्ने पार्टी तत्काललाई पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्ने छन् । ऊर्जामन्त्रीबाट बिदा भएपछि उक्त पार्टी आफैंले हाँक्ने तयारी कुलमानले गरेको स्रोतको दाबी छ ।

सुदनको अलग्गै पार्टी

उता सुदनले जेन-जी सहिद परिवारका सदस्य भोगविक्रम थापालाई अगाडि सार्ने भएका छन् । उनले आफ्नो पार्टीको नाम नेपाल जनसेवा पार्टी राख्ने तयारी गरेका छन् ।

सुदनसँग बालेन र सुमना पनि मिलेर जाने भएका छन् । पार्टीको नेताका रुपमा सहिद परिवारका सदस्य संयोजक भोजविक्रम थापालाई राखिने भएको छ।

यो पनि पढ्नुहोस् :

अहिलेसम्मको छलफलमा उनलाई नेता मानेर जान तीनैजना तयार छन् । यस्तै पार्टीको नाम नेपाल जनसेवा पार्टी राख्ने सहमति जुटेको सु्दनका सहयोगीले बताएका छन् ।

‘कुनै परिवर्तन नभए नेपाल जनसेवा पार्टी नाम रहन्छ । नेतृत्वमा भोजविक्रम थापा रहन्छन्,’ सुदनका सहयोगीले भने, ‘भोजविक्रम थापाका भतिजाले जेन-जी आन्दोलनमा ज्यान गुमाउनु भएको थियो ।’

बालेननिकट नेताका अनुसार तत्काललाई तीनजनाबीच सहयात्रा हुने भएको छ। उनीहरूका साथमा कलाकार निश्चल बस्नेतको टिम र रास्वपा नेता गणेश कार्कीको टिम पनि जोडिनेछ ।

यी दुवै समूहले सम्भवत: मंगलबार नै दल दर्ता गराउने छन् । त्यसो नभए बिहीबारसम्म दुवै दल दर्ता गरिसक्ने स्रोतको दाबी छ ।

बालेन तत्काल नदेखिने

काठमाडौं महानगरका मेयर बालेन तत्काल जनसेवा पार्टीमा नदेखिन सक्ने स्रोतको दाबी छ । ‘उहाँले सबै म्यानेज गर्नुहुन्छ । तत्काल देखिनुहुन्न । उहाँ महानगरको कार्यकारी पदमा रहुञ्जेल टिममासँगै नहिँड्न सक्नुहुन्छ,’ स्रोतले भन्यो, ‘सुदनले दुई दिनमा उहाँलाई अगाडि सारेर जान सक्नुहुन्थ्यो । तर प्राविधिक कारण त्यो भएन । बालेनले काठमाडौंमा ५ वर्ष सेवा गर्ने वाचा गर्नु भएको छ ।’

नेताहरूका अनुसार दल दर्ता गर्दा बालेन सुदनको समूहमा नरहन पनि सक्ने अर्को सम्भावना छ । तर अहिलेलाई उनीहरू एकैठाउँछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ४९ बजे

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्स र पोखरा

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले

एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

टक्सार– यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते