शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार « Khabarhub

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१-८२ मा सो सङ्ख्यामा महिला तथा बालबालिकाको उद्धार गरिएको जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिए। उनका अनुसार छ जनाको भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ३०३ महिला तथा बालबालिकालाई संस्थाद्वारा अभिभावकलाई जिम्मा लगाइएको छभने ९५ जनालाई प्रहरीको रोहबरमा अभिभावकलाई जिम्मा लगाइएको छ । एक जनालाई पुनर्स्थापनाका लागि अन्य संस्थामा पठाइएको छ । 

संस्थाले गत आर्थिक वर्षमा आठ जनाविरुद्ध मानवबेचबिखनको मुद्दा दर्ता गरेको छ । यो अवधिमा संस्थाले नौ हजार ३९४ जनालाई परामर्श दिएको शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले जानकारी दिए । 

शान्ति पुनर्स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानवबेचबिखन विरुद्धको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । आफूहरुले सीमित जिल्लामा कार्यक्रम सञ्चालन गरेर अभियानमा थोरै सहयोग मात्रै गरेको उल्लेख गर्दै उहाँले मानवबेचबिखन विरुद्धको अभियानमा राज्यनै जिम्मेवार भएर लाग्न जरुरी भएको बताए।

शान्ति पुनर्स्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानवबेचबिखन विरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले राज्यले गर्नुपर्ने काम सामाजिक सङ्घसंस्थाले गरेर मानवबेचबिखन तथा ओसारपसारविरुद्ध नागरिकलाई जागरुक बनाएको बताए। 

उनले मानवबेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक सङ्घसंस्था र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफू सदैव तत्पर रहेको धारणा व्यक्त गरे । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : २३ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष