दिल्ली विस्फोट : कारभित्र थिए पुलवामाका डाक्टर उमर, अहिलेसम्म १२ को मृत्यु | Khabarhub Khabarhub

दिल्ली विस्फोट : कारभित्र थिए पुलवामाका डाक्टर उमर, अहिलेसम्म १२ को मृत्यु


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- दिल्लीमा सोमबार साँझ लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै भएको हुन्डाई आई२० कार विस्फोटसम्बन्धी एक सीसीटीभी फुटेज सार्वजनिक भएको छ।

उक्त फुटेजमा कालो मास्क लगाएका एक व्यक्ति पार्किङ क्षेत्रबाट कार लिएर निस्कँदै गरेको देखिन्छ।

त्यो कार चलाउने व्यक्तिको अनुहार पुलवामाका डाक्टर मोहम्मद उमर नबीसँग मिल्दोजुल्दो छ। डा. उमर फरीदाबादको अल फलाह विश्वविद्यालयमा फ्याकल्टीका रूपमा कार्यरत थिए। उनलाई जैश-ए-मोहम्मद चरमपन्थी मोड्युलसँग सम्बन्धित भएको आरोप छ।

सुरक्षा निकायको आशंकाअनुसार उनी हरियाणाको फरीदाबादमा सक्रिय चरमपन्थी मोड्युलसँग जोडिएका थिए। दिल्ली विस्फोट हुनुभन्दा केही घण्टा अगाडि जम्मु–कश्मीर प्रहरीले फरीदाबादमा मोड्युलसँग सम्बन्धित ३ जना डाक्टरसहित ८ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्येबाट करिब २,९०० किलो विस्फोटक पदार्थ, एक असल्ट राइफल र एक एके-४७ बरामद भएको थियो। प्रहरीले जैशसँग सम्बन्धित ४ डाक्टरको खोजी गरिरहेको जनाएको छ ।

जसमा डा. उमर पनि थिए। दाबी अनुसार, तीन डाक्टर पक्राउ परेपछि उमरले दिल्लीमा आत्मघाती हमला गरेको दाबी गरिएको छ।

उमर तीन घण्टासम्म कारभित्रै बसेका थिए । उनी कारबाट बाहिर ननिस्केको पनि पाइएको छ।

दिल्ली प्रहरीको विशेष शाखाका अनुसार, आई२० कार विस्फोट हुनुभन्दा पहिले करिब तीन घण्टा पार्किङ क्षेत्रमा थियो। डा. उमर त्यस समय कारभित्रै बसेका थिए । उनी त्यो समय बाहिर निस्किँदै निस्किएनन् ।

उनले त्यहाँ कसैको प्रतीक्षा गरिरहेका थिए वा निर्देशनको पर्खाइमा थिए भन्ने अनुमान गरिएको छ। साँझ करिब ६:५२ बजे कार बिस्तारै अगाडि बढ्दै गर्दा लालकिल्ला मेट्रो स्टेशननजिक ट्राफिक सिग्नलमा विस्फोट भएको थियो।

यस घटनामा अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ र २१ जना घाइते छन्। डा. उमरकी आमाको डीएनए नमूना परीक्षणका लागि लिइएको छ ।

दिल्ली पुलिसका अनुसार डा. उमरसँग भएका विस्फोटक पदार्थ सुरक्षित स्थानमा लैजाने तयारीमै वा पक्राउको डरले विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ ।

तर विस्फोटको समयमा उनी कारभित्र थिए वा होइनन् भन्ने पुष्टि भएको छैन।

यो पत्ता लगाउन पुलवामामा रहेकी डा. उमरकी आमाको डीएनए नमूना लिइएको छ। मृतकहरूको डीएनएसँग मिलान गरेर उमर नै कारभित्र मरेका हुन् कि होइनन् भन्ने पुष्टि गरिनेछ।

पुलिसले हाल उमरकी आमा र उनका दुई भाइलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। दिल्ली विस्फोटका मुख्य आरोपी मानिएका डा. उमर नबीकी भाभी मुजम्मिलाले समाचार एजेन्सी एएनआईलाई भनिन्, ‘पुलिसले मेरा श्रीमान्, देवर र सासूलाई लगेर गयो। उनीहरूले उमरबारे सोधे। हामीले उनी दिल्लीमा रहेका बतायौँ । त्यसपछि उनीहरू तीनै जनालाई सोधपुछका लागि लिएर गए।’

उनका अनुसार, उमरसँग अन्तिम पटक शुक्रबार कुरा भएको थियो। उनको सगाइ भइसकेको थियो तर विवाह भएको थिएन।

उनी पछिल्ला दुई महिनादेखि घर आएका थिएनन्। जब पनि घर आउँथे, क्रिकेट खेल्न व्यस्त रहन्थे। उमरका धेरै साथीहरू थिएनन्, उनी अध्ययनमा ध्यान दिने व्यक्ति थिए।

अन्य पक्राउ

जम्मु–कश्मीर प्रहरीले सोमबार हरियाणाको फरीदाबादबाट डा. मुजम्मिल शकील र लखनऊबाट महिला डाक्टर शाहिन शाहिदलाई पक्राउ गरेको थियो।

मुजम्मिल शकीलको कोठाबाट ३६० किलो विस्फोटक पदार्थ र एक असल्ट राइफल बरामद भएको थियो। कश्मीरमा शाहिन शाहिदकी कारबाट एके-४७ राइफल र ज्यान्त कारतुस पनि भेटिएको थियो।

मुजम्मिल शकील पुलवामाको कोइल गाउँका बासिन्दा हुन्। उनी फरीदाबादको अल फलाह विश्वविद्यालयमा प्लम्बरको रुपमा काम गर्दै आएका थिए। शाहिन उनीकी प्रेमिका थिइन् र मुजम्मिलले उनको कार प्रयोग गर्थे।

यसअघि, ७ नोभेम्बरमा जम्मु–कश्मीर प्रहरीले उत्तर प्रदेशको सहारनपुरबाट डा. आदिल अहमदलाई पक्राउ गरेको थियो।

उनी अनन्तनागका बासिन्दा हुन् । त्यहाँको सरकारी मेडिकल कलेज (जीएमसी) मा चिकित्सकका रूपमा कार्यरत थिए। सन् २०२४ मा उनले त्यहाँबाट राजीनामा दिएर सहारनपुरमा प्राक्टिस गर्न थालेका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : २९ बजे

प्रधानमन्त्रीले मागिन् वायु सेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट

हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोल्न लागेको उज्यालो नेपाल पार्टीमा कोशी

राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले मधेश

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र