प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेको स्थानीय पालीकामा प्रदर्शन « Khabarhub

प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेको स्थानीय पालीकामा प्रदर्शन


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ । 

मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍यालीका साथै नारा जुलुस सहित र्‍यालीको समेत आयोजना गरिएको छ । 

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । 

यसैक्रममा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको वसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्‍याली निकालेको थियो । 

एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गरेको जानकारी दिए । आफूहरूको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाइएको उनले बताए । 

एमालेले कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ३३ बजे

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर