तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना « Khabarhub

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो । 

तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना  रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए । त्यसैगरी धम्की-दुव्र्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा-अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ । 

प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेस प्रदेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एकवटा घटना घटेका छन् । लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएको पाइएको छ । 

यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकोमा बागमती प्रदेशमा एक र मधेस प्रदेशमा एक घटना घटेका हुन् । 

यसैबीच प्रेस काउन्सिल नेपालको एक टोलीले जेन-जीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका कममा काठमाडौँ उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो । 
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ४२ बजे

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस