स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड « Khabarhub

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम र बजेट तर्जुमामा हुने दोहोरोपना हटाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

जनस्वास्थ्य कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१-८२ मा सम्पादित कामहरूको समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा सहभागी अधिकांशले दोहोरोपनको समाधान गर्दै प्रविधिमैत्री सेवा र नागरिकलाई सहज सेवाका लागि तालिम प्राप्त जनशक्ति आवश्यक रहेकामा जोड दिएका हुन् ।
    
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले स्वास्थ्यसम्बन्धी योजना र कार्यक्रमहरू तय गर्दा स्थानीयको आवश्यकताअनुसार तर्जुमा गर्नुपर्नेमा जोड दिए। 

‘स्वास्थ्य र शिक्षालाई एकद्वार प्रणालीमार्फत सेवा दिने व्यवस्था हुनुपर्ने हो, अझै पनि धेरै नागरिकहरूले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन्, यसमा ध्यान दिनुपर्छ,’ उनले भने।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले तीन तहको स्वास्थ्य सेवामा अलमल भइरहेको बताइन्। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख डाक्टर खगेश्वर गेलालले बागमती प्रदेशले रु चार अर्ब ९० करोड स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी गराउँदै विश्व स्वास्थ्य सङ्गठनले निर्दिष्ट गरेको मापदण्डअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कुल वार्षिक बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने बताइन् । 

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा अर्जुन सापकोटाले स्वास्थ्य संस्थामा दुई वर्ष सेवा दिन सक्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले नागरिकलाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी सेवा सञ्चालन गरिएको उल्लेख गरे।

जिल्ला जनस्वास्थ्य कार्यालयले गत आव २०८१-८२ मा सञ्चालन गरेको कार्यक्रमहरूमा ७८ दशमलव ८ प्रतिशत आर्थिक प्रगति र ९६ प्रतिशत भौतिक प्रगति रहेको जानकारी गराउँदै आन्तरिक लेखा परीक्षणमा बेरुजु शून्य रहेको उनले जानकारी गराए ।
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : १६ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको