निर्धारित समयमा निर्वाचन हुनुपर्ने अडानसहित ट्रेड युनियन कांग्रेसले बुझायो ज्ञापनपत्र « Khabarhub

निर्धारित समयमा निर्वाचन हुनुपर्ने अडानसहित ट्रेड युनियन कांग्रेसले बुझायो ज्ञापनपत्र


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित आज नेपाली कांग्रेसका कार्यवाहक सभापतिसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

युनियनको गत २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरूको ज्ञापनपत्र कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष बुझाएको हो ।

ज्ञापनपत्रमा मूलतः महासङ्घ फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने, कांग्रेसले ताजा नीति तथा नेतृत्वसहित आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूलाई कार्यस्थलबाट नै निर्वाचनको व्यवस्था गर्नुपर्ने, जेन-जी आन्दोलनपश्चात्को उद्योग कलकारखाना, पर्यटन क्षेत्रका प्रतिष्ठानहरूमा देखिएको समस्यालाई सरकारले तथा राजनीतिक दलहरूले गम्भीरताका साथ लिनुपर्ने लगायतका १३ बुँदे निर्णीत बुँदाहरू रहेका छन् ।

युनियनका अध्यक्ष योगेन्द्र कुँवरले कार्यवाहक सभापति खड्कालाई युनियनका माग कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको बताए। उनले उद्योग कलकारखाना बन्दको अवस्थामा पुगेको र पुँजी पलायन हुने खतरा बढेकामा चिन्ता व्यक्ति गरे । 

अध्यक्ष कुँवरले कांग्रेसभन्दा जेठो संस्थाका रूपमा क्रियाशील ट्रेड युनियनमा कांग्रेसको चार लाख सदस्य सङ्ख्या रहेको छभने विभिन्न पेसाकर्मीहरू रहेको २७ वटा श्रमिक सङ्गठन महासङ्घको सदस्य रहेको पनि प्रस्ट पारे ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : ३२ बजे

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस