मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने « Khabarhub

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता ससरोजकुमार यादवलाई सर्वोच्च अदालतते दीर्घकालीन महत्त्वका निर्णय नगर्न आदेश दिएको छ ।

सोमबार साँझ बर्खास्तीमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले त्यही बिहानै ४ बजे पानस होटलबाट यादवलाई मुख्यमन्त्री बनाएपछि सात दल विरोधमा उत्रिएका थिए ।

प्रदेश प्रमुख भण्डारीको उक्त कदमविरुद्ध सोमबार नै रकीप्रसाद यादवले हालेको रिटमा सुनुवाइका क्रममा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो ।

ढुंगानाले आदेशमा मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्नु-नगराउनू भनेर अन्तरिम आदेश दिएको हो ।

एमाले संसदीय दल नेता यादवलाई भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनाएकी थिइन् ।

यादवलाई झिसमिसेमै होटलबाट मुख्यमन्त्री बनाएपछि मधेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका सांसदहरू विरोधमा उत्रिएका थिए । उनीहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड पनि गरे । कार्यालयमा तोडफोड भएपछि यादवले अझै पदबहाली गर्न पाएका छैनन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : ५४ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा