कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम « Khabarhub

कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ समूहले निर्वाचन आयोग पुगेर पुरानो उज्यालो नेपाल पार्टी अध्यावधिक गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ज्ञानबहादुर तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीलाई संशोधन गरी पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक प्रस्ताव गरिएको छ।

उपाध्यायलाई संयोजक बनाउने प्रस्ताव कुलमानले नै गरेका हुन् । पार्टीमा रहेका केन्द्रीय सदस्यबारे खुलाइएको छैन ।

उज्यालो नेपालले ५१ सदस्य केन्द्रीय समितिको प्रस्ताव गरेको छ। समितिमा उज्यालो नेपाल पार्टीका पूर्व संयोजक ज्ञानबहादुर तामाङ सदस्य छन्।

यस्तै पाँचथरका पहिचानवादी डा. महेन्द्र लावती, इलाम २ को उपनिर्वाचनमा पराजित डकेन्द्र थेगिम, ताप्लेजुङकी सरस्वती लिम्बू लगायत पनि समेटिएका छन् ।

कुलमाननिकट स्रोतका अनुसार यो पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद सुमना श्रेष्ठ र जेन-जी अभियान्ता सुदन गुरुङ भने समेटिएका छैनन्। पार्टीलाई अध्याविधक गर्ने क्रममा चुनाव चिह्न बलेको चिम मागिएको छ।

स्रोतका अनुसार ५१ केन्द्रीय सदस्यमा कुलमानको नाम अहिले समावेश छैन। कुलमान मन्त्री छाडेपछि मात्रै पार्टीको नेतृत्व लिने गरी समावेश हुने बताइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : २० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा