कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट « Khabarhub

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । 

‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्षरुपमा सहभागिता रहनुका साथै निम्नानुसारका आकर्षक सुविधाहरु पाउने बैंकले जनाएको छ । 
– साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर
– एक लाख सम्मको बिमा सुविधा
– दुई वर्ष सम्म निःशुल्क मोबाइल बैङ्किङ सेवा
– दुई लाख सम्मको फोनलोन सुबिधा (योग्यता अनुसार)
– यस योजना अन्तर्गत खोलिएका प्रत्येक खाता बापत एक रुख रोपिने   

यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवर्द्धन गर्ने, पर्यावरणलाई सकारात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरूमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैङ्किङ विभागका प्रमुख अर्पण पौडेलले बताए । 

बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : २८ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको