फुटेको चार वर्षपछि मिल्न खोज्दै दुई राजावादी दल, लिङ्देन र थापाबीच एक्ला-एक्लै वार्ता « Khabarhub

फुटेको चार वर्षपछि मिल्न खोज्दै दुई राजावादी दल, लिङ्देन र थापाबीच एक्ला-एक्लै वार्ता


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनको उथलपुथलबीच मूलधारका दलहरूको चुनौती बढेका बेला दुई राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच फेरि एकताको कोसिस थालिएको छ ।

विभाजन भएको चार वर्षपछि दुई अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापा एकीकरणको प्रयासका लागि वार्तामा जुटेका छन् । उनीहरूबीच मंगलबार काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा करिब एक घण्टा एक्ला एक्लै वार्ता भएको हो ।

राप्रपा अध्यक्ष थापा र लिङ्देन दुवै एकताका लागि सकारात्मक देखिएका छन् । महाधिवेशनबाट राप्रपा छाडेको चार वर्षपछि थापाले लिङ्देनलाई अध्यक्ष स्वीकार्ने जनाउ दिएका छन् । त्यसपछि दुई नेता संवादका लागि जुटेका हुन् ।

१८ कात्तिकमा राप्रपा नेपालले औपचारिक रूपमा राप्रपासँग एकताको प्रस्ताव गरेको थियो । दोस्रो तहका नेता केही चरण बसेपछि मंगलबार दुई अध्यक्षबीच एकताका लागि सकारात्मक संवाद भएको हो ।

समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र एकताका लागि राप्रपा नेपालले थालेको पहलबीच दुई दल मिल्ने दिशातिर देखिएका हुन् ।

यसअघि कात्तिक १८ गते राप्रपाका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव गरेको थियो।

लिङ्देन निवास ललितपुरको लामाटारमा भएको उक्त भेटघाट र छलफल सकारात्मक रुपमा अघि बढेको वार्ता समितिका सदस्य एवम् राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताएका थिए ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र ध्रुवीकरणबारे गम्भीर छलफलसहित समान विचार भएकाबीचको सहकार्य र एकताको आवश्यकताबारे त्यसक्रममा गहिरो चर्चा भएको उनले त्यसदिन बताएका थिए ।

‘राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ’, लिङ्देनको भनाई उधृत गर्दै बर्तौलाले भनेका थिए, ‘पार्टीभित्र छलफल गरि चाँडै छलफलमा बस्ने जवाफ दिनु भएको छ ।’

त्यही संवादको उपलब्धि दुई राजावादी नेताहरू चार वर्षअघिको फुट र कटूता बिर्सिएर मिल्न तयार भएका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ४२ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ