कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन् « Khabarhub

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता बताउने सुदन गुरुङले नयाँ दल खोल्ने भएका छन् ।

कुलमानसँग मिलेर पार्टी खोल्ने गरी यसअघि सहमति जुनाएका सुदनले ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकलाई समाहित गराउन खोजेका थिए । तर ऊर्जामन्त्री कुलमानसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि सुदन पछि हटेका छन् ।

उनी पछि हट्दा प्रदेश संयोजकहरू पनि उज्यालो नेपालमा नजोडिएका हुन्। ५१ सदस्यीय उज्यालो नेपालको केन्द्रीय सदस्यको सूचीमा उनीहरू कसैको नाम छैन ।

यसअघि ‘द काउन्सिल अफ जेनजी’बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उज्यालो नेपालमा सामेल हुने पक्का भएको थियो । तर उनीहरू र सुदन कुलमानको पार्टीमा जोडिने कुरा तुहिएको छ।

कुमानले कुलमानले उज्यालो नेपाल नामक दल अध्यावधिका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिँदा उनीहरू समेटिएनन् । बिजुलीको चिम चुनाव चिह्न मागेका कुलमानले हाललाई यो पार्टीको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई तोकेका छन् ।

कुलमान भने आगामी फागुन २१ गतेको चुनावअघि मात्रै मन्त्रीबाट राजीनामा दिएर पार्टी नेतृत्व लिन जाने तयारीमा छन् ।

यसअघि कुलमानको पार्टीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र सुदन गुरुङको समर्थन रहेको बताइएको थियो । यसमै राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठ पनि जोडिने चर्चा थियो ।

उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा अध्यावधिक हुँदा ५१ सदस्य केन्द्र कमिटीमा जेन-जी अभियन्ता गुरुङका ६ प्रदेशका संयोजक केन्द्रीय सदस्य रहने भनिएको थियो। तर सुदनसँग कुरा नमिलेपछि उनीहरू केन्द्रीय सदस्यमा अटाएनन् ।

मंगलबार कुलमानले आफू उज्यालो नेपाल पार्टी दर्ता गर्ने तयारीमा रहेकाले त्यहीँ जोडिन सुदनसहितलाई आग्रह गरेका थिए । तर उनीहरूबीच कुरा नमिलेपछि सहकार्य तुहिएको हो ।

कुलमानसँग कुरा नमिलेपछि अब सुदनले अन्य विकल्प खोजेका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठसँग सहकार्य गर्ने भएका छन् ।

सुदनले जेन-जी सहिद परिवारका सदस्य भोगविक्रम थापालाई अगाडि सार्ने भएका छन् । उनले आफ्नो पार्टीको नाम नेपाल जनसेवा पार्टी राख्ने तयारी गरेका छन् ।

सुदनसँग बालेन र सुमना पनि मिलेर जाने भएका छन् । पार्टीको नेताका रुपमा सहिद परिवारका सदस्य संयोजक भोजविक्रम थापालाई राखिने भएको छ।

अहिलेसम्मको छलफलमा उनलाई नेता मानेर जान तीनैजना तयार छन् । यस्तै पार्टीको नाम नेपाल जनसेवा पार्टी राख्ने सहमति जुटेको सुदनका सहयोगीले बताएका छन् ।

‘कुनै परिवर्तन नभए नेपाल जनसेवा पार्टी नाम रहन्छ । नेतृत्वमा भोजविक्रम थापा रहन्छन्,’ सुदनका सहयोगीले भने, ‘भोजविक्रम थापाका भतिजाले जेन-जी आन्दोलनमा ज्यान गुमाउनु भएको थियो ।’

बालेननिकट नेताका अनुसार तत्काललाई तीनजनाबीच सहयात्रा हुने भएको छ। उनीहरूका साथमा कलाकार निश्चल बस्नेतको टिम र रास्वपा नेता गणेश कार्कीको टिम पनि जोडिनेछ । बिहीबारसम्म सुदनको दल पनि दर्ता हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ५४ बजे

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस