उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल « Khabarhub

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यमा वातावरण विज्ञ डा सागर ढकाल केन्द्रीय सदस्य बनेका छन्।

ढकालले वातावरण विज्ञानमा विषयमा पीएचडी गरेका व्यक्ति हुन्।

उनी हिमाली क्षेत्रका दुर्लभ वनस्पतीका विषयका जानकार हुन्। उनले ऊर्जा मन्त्रालयमा पनि विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन्।

यसैक्रममा उनी कुलमानसँग जोडिएका थिए। उनको स्थायी ठेगाना स्याङ्जा हो।

धेरैले उनलाई यसअघि डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल भन्दै प्रचार गरेका थिए।

यो पार्टीले पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा आज निर्वाचन आयोगमा विवरण अध्यावधिक गरेको छ। अध्यावधिक विवरणमा कुलमानको नाम नभए पनि उनकै संरक्षणमा यो दल आयोगमा पुगेको हो।

कुलमान भने फागुनमा हुने निर्वाचनअघि मात्रै दलमा सक्रिय हुने बताइएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ८ : ५३ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक