कांग्रेस बैठकमा मीनेन्द्रले भनेः अबको ४ महिना पार्टी महामन्त्रीहरुलाई चलाउन दिउँ « Khabarhub

कांग्रेस बैठकमा मीनेन्द्रले भनेः अबको ४ महिना पार्टी महामन्त्रीहरुलाई चलाउन दिउँ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले चुनावसम्म पार्टी चलाउन र टिकट वितरण गर्ने जिम्मा महामन्त्रीद्वयलाई दिन प्रस्ताव गरेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा उनीहरूका समर्थकहरूले चुनावमा ‘टिकट बेच्न’का लागि संस्थापन पक्षका नेताहरूले महाधिवेशन गर्न नचाहेको भन्ने भाष्यप्रति संकेत गर्दै यस्तो प्रस्ताव गरेका हुन्।

उनले चुनाव जिताए थप हाइ हाई हुने र १५/२० वर्ष पार्टी हाँक्ने जिम्मा पनि उनीहरूले नै पाउने बताए।

‘संस्थापन पक्षका बुढा नेताहरू, तपाईंहरू साइड लागिदिनुस्, चुनावमा टिकट बेच्नका लागि पस्नुभएको भन्ने छ तपाईंहरू हात झिकिदिनुस्,’ केन्द्रीय समितिको बैठकमा रिजालले भने, ‘चुनावसम्म अबको चार महिना पार्टी चलाउने जिम्मा महामन्त्रीद्वयलाई दिउँ, टिकट पनि उहाँहरूले नै बाँड्नुहुन्छ, चुनाव पनि उहाँहरूले नै जिताउनुहुन्छ।’

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : २७ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–