आज २०८२ साल मंसिर २५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २५ गते बिहीबारको राशिफल


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ११ तारिख । पुष कृष्ण पक्षको सप्तमी तिथि । अन्तर्राष्टिय पर्वत दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस र जाँगर बढ्नेछ । परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन सामान्य छ । शरीरमा रोग बढ्नेछ । साथीको सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । धन खर्च भए पनि नाम र मान बढ्नेछ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । रोगबाट मुक्त हुने योग छ । आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ ।

कर्कट : धनलक्ष्मी योग परेको छ । आज आम्दानीका स्रोत भेटिनेछन् । मिष्ठान्न भोजन मिल्नेछ । राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

सिंह : आज काम बन्ने दिन छ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ । सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठूलासँग तर्क नगर्नु राम्रो हुनेछ । उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ ।

कन्या : दिन सामान्य छ । काम गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ । एकल लगानी नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयास सफल रहनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ ।

तुला : परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ । परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ ।

वृश्चिक : नयाँ खबर सुन्न पाइनेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ । परीक्षाको प्रतिक्षामा भए राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ ।

धनु : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । अवसरलाई सदुपयोग गर्न नसक्दा पछुतो हुनेछ । एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ । आम्दानी भन्दा खर्च बढ्नेछ ।

मकर : दिन सामान्य छ । पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ । आफन्तबाट अपमानित हुनुपर्नेछ । दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।

कुम्भ : दिन राम्रो छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठूला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ । बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ५ : ११ बजे

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर